coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ। ९ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ११ र ६ सय ४ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुंगा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।

झापाको कनकाईमा १४, विर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३–३, बराहक्षेत्र, हरिनगर, दुहबी र गढीमा १–१, मोरङको विराटनगरमा ४२, सुन्दरहरैँचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १–१, इलामको सूर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १–१, धनकुटाको महालक्ष्मी र पाख्रिबासमा १–१, ओखलढुंगाको सुनकोसी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार २ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय २९ महिला र १ सय २७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ८ आश्विन २०७८ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App