१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला मध्य काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाईसकेका छन्।  

सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्य मध्य ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्य सहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ।  

प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउनेगरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसकेका छन्। बागमति प्रदेशमा मात्र २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन्।

प्रकाशित: ६ आश्विन २०७८ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App