७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

१ हजार ६६ नयाँ संक्रमित, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा १०६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले ११३८५ जनाको नमूना परीक्षण गर्दा १०६६ जनामा संक्रमण देखिएको जनाउँदै सो अवधिमा ८५४० जनाको पीसिआर र २८१८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ। सोही अवधिमा १२३४ जना संक्रमणमुक्त भएको र १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा २५०८२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: २ आश्विन २०७८ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App