coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

३१५ संक्रमित थपिए, ३८० जना निको

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। ८ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९८ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेह्रथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो। 

मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैंचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनवर्षी, उर्लाबारी, रंगेली र रतुवामाइमा १–१, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, बिर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौबिसे, पाख्रिबास, सहिदभूमि, र छथर जोरपाटीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र तेह्रथुमको म्याङ्लुङमा २–२, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट मुक्त हुनेमा १ सय ९६ महिला र १ सय ८४ पुरुष छन्। यस अवधिमा यो प्रदेशमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App