८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा थपिए ४७९ संक्रमित, पाँचजनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ७९ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २० र ६ सय ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १३, झापामा १ सय ४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा बुधबार २ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ३९ महिला र १ सय ७ पुरुष छन्। पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७८ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App