१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण, ३२८ जना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ९० जनामा कोरोना संक्रमण भएको छ। १ हजार २ सय ३० जनाको पिसिआर परीक्षण गर्दा २ सय ८२ र ५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार  पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय २, झापामा १ सय १, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा र उदयपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ४४, लेटाङमा १६, पथरीशनिश्चरेमा १५, बेलबारीमा ९, उर्लाबारीमा ५, केराबारीमा ३, धनपालथान, कटहरी र रंगेलीमा २–२, बुढीगंगा, सुन्दरहरैँचा, कानेपोखरी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा २३, कनकाईमा १७, भद्रपुरमा १४, अर्जुनधारामा ११, शिवसताक्षीमा ९, दमकमा ७, मेचीनगरमा ६, हल्दिबारी, बाह्रदशी र कमल गाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, गौरादह र झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ४३, धरानमा ९, इनरुवामा ३, हरिनगर, बर्जु, रामधुनी, दुहबी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, मांसेबुङमा २, चुलाचुली, देउमाई र रोङमा १–१, ताप्लेजुङमा २, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१, पाँचथरमा १, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार ३ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ६९ महिला र १ सय ५९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: २९ भाद्र २०७८ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App