६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

लापर्बाहीले बिरामीको मृत्यु भएको भन्दै गोरखाको एपोलो अस्पतालमा नाराबाजी

गोरखाको एपोलो हस्पिटल प्रालीमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन्। गोरखा नगरपालिका ६ बसपार्कका ५६ वर्षीय टोपमान बिकको उपचारको क्रममा आज बिहान ५ः३० बजे मृत्यु भएको हो।  

आफन्तले लापर्बाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पपताल भित्र नाराबाजी गरेका छन्। उनीहरुले अस्पताल घेरेपछि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ।  

शुक्रबार राती कबिर ८ बजे पेट दुखेपछि हिँडाएर अस्पताल लगिएको मृतकका जेठो छोरा शुर्यबहादुर बिकले बताए।  

‘डाक्टरले हेर्दै नहेरी नर्सलाई इन्जेक्सन मात्र दिन भन्नुभयो, लापर्बाहीले बुबाको मृत्यु भयो’, उनले भने। अस्पताल जस्तो संवेदनशिल ठाउँमा बिरामीको उपचारमा हेलचेक्राई गरेको भन्दै मृतकका आफन्तले चिकित्सकलाई कारबाहीसहित क्षतिपूर्ती दिनुपर्ने माग राखेका छन्। शनिबार बिहानैदेखि मृतकका आफन्तले अस्पताल घेराउ गरेका छन्।  

अस्पताल प्रशासनले भने मृतकका आफन्तको आरोपको खण्डन गरेको छ। अस्पतालका प्रमुख डाक्टर सन्तोष मास्केले डाक्टरको निगरानीमा नै उपचार भएको बताए। ‘दम र सुगरको बिरामी भएको, ग्यास्ट्रिकको समस्या देखिएको र ग्यास्ट्रिकको औषधि प्रयोग गरेपछि राती नै निको भएको थियो’, उनले भने, ‘हृदयघातका कारण उहाँको मृत्यु भएको हो, उपचार नपाएर लापर्बाही भएर होइन।’  

डाक्टर चैतबहादुर रानाले बिरामीलाई नियमित निगरानी गरेर उपचार गरेकाले लापर्बाही नभएको दावी अस्पतालको छ। २ बजे इन्जेक्सन लगाएर निको भएका बिरामीलाई अब्जर्भेसनका लागि अस्पतालमा राखिएको र बिहान पाँच बजे हृदयघातका कारण मृत्यु भएको चिकित्सकले बताएका छन्।

प्रकाशित: २६ भाद्र २०७८ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App