७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा  ३ सय ९० जनामा कोरोना संक्रमण भएको छ। १ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ११ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय २०, झापामा १ सय १५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रंगेली, उर्लाबारी, जहदा र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ।  झापाको बिर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा १३, शिवसताक्षीमा १२, दमकमा ११, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा २–२ र  बुद्धशान्तिमा १ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ५०, धरानमा ७, देवानगञ्ज र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, चौवीसे र पाख्रिबासमा १–१ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिका र माईमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणी, उदयपुरको बेलका र खोटाङको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय २१ महिला र २ सय ४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २५ भाद्र २०७८ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App