७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा ३४९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४९ जनामा कोरोना संक्रमण भएको छ।  ८ सय ७ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४३ र ५ सय ९ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४–४, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो। झापाको दमकमा २१, शिवसताक्षी र बिर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाह्रदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जनामा कोरोना संक्रमण भएको छ।

मोरङको विराटनगरमा  ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २–२, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १– १ जनामा  कोरोना संक्रमण भएको छ । सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, बराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।    

धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १–१ जनामा संक्रमण देखिएको छ। उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १–१, पाँचथरको फाल्गुनन्द, तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बिहीबार ३ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ७१ महिला र १ सय ८७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २४ भाद्र २०७८ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App