पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा ७ हजार ९७१ वटा स्वाबको परीक्षण गरिएकोमा एक हजार ८९ जनाको नतिजा पोजिटिभ आएको हो। यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको निधन भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० नमुनाको पीसीआर परीक्षण गर्दा ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, २ हजार ८ सय एक नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३४ जना निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित: २० भाद्र २०७८ १६:३९ आइतबार




