coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!

भैरवी गाउँपालिकासंगै जोडिएको भैरिकालिकाथुम स्वास्थ्यचौकी। तस्बिर: गोविन्द /नागरिक

दैलेखको भैरवी गाउँपालिकामा रहेका भैरीकालिकाथुम स्वास्थ्यचौकीमा झाडापखालाका विरामीहरुलाई दिईने जिन चक्की समेत छैन। यहाँ आउने विरामीहरु चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन्। त्यस्तै स्वास्थ्य चौकीमा आईरन चक्की पनि छैन। यी अतिअवाश्यक धेरै प्रयोग हुने औषधि हुन्। यहाँ निःशुल्क दिईने ३५ प्रकारका औषधिमध्ये अहिले मुस्किलले १५ प्रकारका रहेका छन्। ‘गाउँपालिकाले गतवर्ष खरिद गरेको औषधि थन्काएको छ।’  

भैरिकालिकाथुम स्वास्थ्यचौकीका इन्जार्ज करुणखर खत्रीले भने, यहाँ औषधि नपाउँदा स्वास्थ्य सेवा कार्यालयबाट ल्याएर काम चलाईरहेका छौं।’ पालिकाले औषधि माग गर्दा सुनुवाई नहुँदा विरामीका लागि आवश्यक औषधी समेत दिन नसकिरहेको इन्चार्ज खत्रीले बताए। उनका अनुसार यो आर्थिक वर्षमा जिल्लाबाट पनि औषधी नआउँदा अभाव भएको हो। परिवार नियोजनका साधनहरु र बच्चाहरुका लागि मात्र पर्याप्त साधन तथा औषधी रहेको जनाईएको छ।  

स्वास्थ्यकर्मीहरुले उपलब्ध स्रोतसाधनबाट विरामीको उपचार गरिरहेको भएपनि औषधि अभाव हुँदा मेडिकलबाट महंगो मुल्यमा किन्नुपर्ने बाध्यता रहेको छ। गाउँमा धेरै विरामी हुने रोगका औषधिहरु अभाव भएको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यचौकीमा नागरिक वडापत्र टाँस नभएको र निःशुल्क औषधि प्रकार समेत टाँस गरिएको छैन। वडापत्र र औषधिको प्रकार टाँस गर्ने बजेट समेत नभएकाले टाँस नभएको स्वास्थ्य चौकीका इन्जार्ज करुणखर खत्रीले बताए।

 गाउँपालिकासंगै जोडिएको सुगम मानिने भैरिकालिकाथुम स्वास्थ्यचौकीको यस्तो हालत छ भने कालिकोटसंग सिमा जोडिएका स्वास्थ्यचौकीको हालत दयनिय अवस्थामा रहेको छन्। बिरामीहरु स्वास्थ्यचौकीमै राज्यद्वारा वितरण गरिएको निःशुल्क औषधी पाउनबाट बञ्चित हुने दुखद भएको नागरिक समाजका अगुवा तथा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए। औषधि गाउँपालिकामा भएपनि माग नगरेकाले दिन नसकेको भैरवी गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७८ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App