coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थपिए २ हजार २९५ नयाँ संक्रमित, १६ को मृत्यु

सोमबार २ हजार २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावद्यिक गर्दै पछिल्लो २४ घन्टामा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

कूल १६ हजार २ सय ३३ जनाको नमूना परीक्षण गरिएको जनाउँदै मन्त्रालयले सो अवधिमा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएको र १६ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८९२ जनाको पीसीआर र १ हजार ९ सय २ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।

प्रकाशित: १४ भाद्र २०७८ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App