coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोभिड १९ विरुद्ध जनचेतना फैलाउँदै नेपाली सेना

नेपाली सेनाको रामवाण गुल्मले कोभिड १९ विरुद्धको जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा संचालन गरेको छ। शहरी क्षेत्रमा कोभिडको संक्रमण बढ्न थालेपछि पूर्व सर्तकताका लागि कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम अगाडि बढाएको हो।

गुल्म सुलिगाडका सह–सेनानी रोशन टण्डनको कमाण्डमा नेपाली सेनाका जवानहरुले सदरमुकाम दुनै बजारमा अभियानको क्रममा माइकिङ्ग गरेको थियो। डोल्पाबाट शहर झर्ने र शहरबाट डोल्पा आउने हवाई र सडक यात्रुहरुको चाप बढिरहेकाले समयमै सबैको चेत खुलोस् र पूर्व सावधानी अपनाउन सकियोस् भनेर दुनै बजार, जुफाल विमानस्थल र त्रिपुराकोट बजारमा र्याली सहितको जनचेतनामूलक कार्यक्रम गरिएको गुल्मपति सेनानी ईश्वर थापाले बताए।

यसै गरी विद्यालय मुख्य बजारका चोक, गल्ली र ग्रामीण बस्तीहरुमा समेत जनचेतनामूलक कार्यक्रम गर्दै आएको सेनाले जनाएको छ। बजारमा मास्कविना हिँडिरहेका सर्वसाधारणहरुलाई समेत मास्क लगाउन उत्प्रेरित गर्दै सेनाले मास्कसमेत वितरण गरेको छ।

प्रकाशित: १३ भाद्र २०७८ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App