coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

काठमाडौंमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना, जिप्रकाद्वारा व्यापारीको ध्यानाकर्षण

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरुलाई पुनः सचेत गराएको छ। आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरुलाई सचेत गराएको हो। 

त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए। कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी नबस्न व्यापारीहरुलाई निर्देशन दिएका छौं। र आफ्नो पसलमा आउने ग्राहकहरुलाई समेत सेनिटाईजर र अनिवार्य रुपमा मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न दिनुहोला भनेर निर्देशन दियौं।' 

कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले सबै सार्वजनिक सवारी साधनमा पनि यात्रुहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न निर्देशन दिएको र त्यसको पालना भए/नभएको अनुगमनको कामलाई पनि तीव्रता दिइएको जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App