६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

उकालो लाग्दै कोरोना ग्राफ, प्रशासन मौन

बुधबार प्रदेश २ मा ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये २६ जना सिरहाका छन्। धनुषाका १, पर्साका १ र सर्लाहीका २ जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या ३०४ पुगेको छ।

सिरहामा ८ जना संक्रमित समान्य उपचारमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार धनुषामा २, सप्तरीमा २ र महोत्तरीमा ४ जना समान्य उपचारमा रहेका छन्। बाँकी संक्रमितहरु होम आइसोलेसनमा छन्।  

सिरहामा संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको अवस्था उदेकलाग्दो छ। तरकारी बजार, छोटो दूरीका सवारी, पसलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको पाइँदैन। जिम हल, शैलुन, ब्युटी पार्लर सबै खुल्ला गरिएका छन्।  

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश २ मा कोरोनाबाट १०३० जनाले ज्यान गुमाएका छन्। जसमा ७८२ पुरुष छन् भने २७८ महिला छन्। बुधबारसम्म यस प्रदेशमा ३७ हजार ८ सय ८३ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ३६ हजार ५ सय ७९ जना निको भएर घर फर्किसकेका छन्। यसमा २८ हजार ५ सय ८५ पुरुष छन भने ७ हजार ९ सय ९४ महिला छन्।

प्रकाशित: २७ श्रावण २०७८ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App