१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

दोभान शिविरमा ५९ जनाको आँखाको शल्यक्रिया

ताप्लेजुङको दोभान बजारमा सञ्चालित शल्यक्रियासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा ५९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। आयोजक नेपाल नेत्रज्योति संघका अनुसार दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दुको र १६ जनाको साधारण शल्यक्रिया गरिएको हो।

नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार शिविरको पहिलो दिन सोमबार २८ जनाको मोतियाबिन्दुको र ८ जनाको साधारण शल्यक्रिया गरिएको थियो। दोस्रोदिन मंगलबार १५ जनाको मोतियाबिन्दुको र ८ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ।

दुई दिनको शिविरमा ५ सय ४० जनाले आँखाको परीक्षण गराएका छन्। सोमबार २ सय ९२ तथा मंगलवार २ सय ४८ जनाले आँखाको परीक्षण गराएको थेबेले जानकारी दिए। शिविरमा २ सय १७ जनालाई निःशुल्क रुपमा चश्मा बितरण गरिएको छ।

शिविरमा मेरिङदेन गाउँपालिकाका २ सय ८१ जना, आठराई त्रिबेणी गाउँपालिकाका १ सय २३ जना, मैवाखोला गाउँपालिकाका २९ जना, मिक्वाखोला गाउँपालिकाका १६ जना, फुङलिङ नगरपालिकाका ८६ जना, फक्ताङलुङ गाउँपालिकाका २ जना र अन्य जिल्लाका ३ जनाले सेवा लिएको नेपाल नेत्रज्योति संघले जनाएको छ।

नेपाल नेत्रज्योति संघको मुख्य अगुवाई तथा मेरिङदेन गाउँपालिका,सेवा फाउण्डेसन काठमाडौं सहितको आयोजनामा शिविर आयोजना भएको हो।

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा डाक्टर बिनिता थापाको नेतृत्वका प्राविधिक टोलीले आँखाको परीक्षण तथा उपचार गरेको मेची आँखा अस्पतालका कार्यक्रम संयोजक कविता कार्की कडरियाले जानकारी दिइन्। 

प्रकाशित: २२ वैशाख २०८३ १९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App