१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा घटेनन् सक्रिय संक्रमित

रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९ पुगेको छ। जिल्लामा ५ हजार ३ सय ५८ जनामा कोरोना परीक्षण गर्दा २ हजार ३ सय २५ जनामा संक्रमण भेटिएको हो। पछिल्लो समय जिल्लामा कोरोना परिक्षण पनि घटाइएको छ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा २० जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म २ हजार २ सय २६ जनाले कोरोना जितेका छन्।  

२ लाख २४ हजार बढी जनसंख्या रहेको रोल्पामा कोभिसिल्ड खोपको पहिलो डोज १४ हजार ६ जना र दोस्रो डोज ३ हजार ४ सय ५६ जनाले लगाएका छन्। भेरोसिल खोपको पहिलो डोज १५ हजार ६ सय ८४ जना र दोस्रो डोज २ हजार ९ सय २६ जनाले लगाएका छन् । जोनसन खोप ११ हजार १ सय ७५ जनाले लगाएका छन्। 

प्रकाशित: १७ श्रावण २०७८ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App