८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालमा अल्फा र डेल्टापछि कप्पा भेरियन्ट भेटियो, तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न आग्रह

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो। अल्फा र डेल्टा भेरियन्टपछि कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

४७ नमुनामा परीक्षण गरिएका सबै नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुष्टि भएको जनाएको छ। पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ।

भेटिएका थप भेरियन्ट तथा म्युटेन्टहरु अझ बढी संक्रामक हुने बताइएको छ। यसका साथै सबै उमेर समूहका व्यक्तिलाई यसले असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ।

भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: १२ श्रावण २०७८ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App