८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा ४ सय ५८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ४ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५ महिला र २ सय ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।  

सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २ सय ७, मोरङमा १ सय ३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा ७०, विर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७, बुद्धशान्तिमा ६, बार्‍हदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ४९, इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, धनकुटाको धनकुटा नगरपालिका, पाख्रिवास र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।

पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरी १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार १ सय १५ पुगेको छ। संक्रमित भएका मध्ये ७२ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन्। 

बिहीबार ४ सय ३ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६ हजार १ सय १५ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App