१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

इप्पानले ताप्लेजुङलाई दियो विभिन्न स्वास्थ्य सामग्री

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ताप्लेजुङलाई एक दर्जन अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ।

इप्पानले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई ठूलो १० र सानो २ गरी १२ थान अक्सिजन सिलिण्डर, १ थान अक्सिजन कन्सन्ट्रेटर ५ थान अक्सिमिटर र ५ सेट पीपीइ सहितका स्वास्थ्य सामग्री प्रदान गरिएको सानिमा मध्य तमोर हाईड्रोपावर कम्पनीका सह प्रवन्धक अरबीन्द्र श्रेष्ठले जानकारी दिए।

यी सामग्री कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रह अनुसार ताप्लेजुङ जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए। इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार स्वास्थ्य सामग्री ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरिएका छ।

नेपाल मेडिकल संघको समन्वयमा धेरै उर्जा आयोजना सञ्चालनमा रहेका जिल्लामा सहयोग गर्ने योजना अनुसार यसरी सहयोग गरिएको समेत आचार्यले बताए। उसले फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई सानिमा हाईड्रोपावर कम्पनीले कोभिडका बिरामीले प्रयोग गर्ने औषधि समेत सहयोग गरेको समेत आचार्यले बताए।  

प्रकाशित: ३० असार २०७८ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App