१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुँदै

लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुने भएको छ। जिल्लामा रहेका १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेपछि आउँदो असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुने निश्चित भएको हो। 

लुम्बिनी प्रदेशको १०औं र नेपालको ६०औ जिल्लाका रुपमा कपिलवस्तु पूर्ण खोप जिल्लाकाे रूपमा घोषणा हुन लागेको हो। जिल्ला खोप समन्वय समितिको सिफारिसलाई प्रदेश खोप समन्वय समिति हुँदै स्वास्थ्य मन्त्रालयले समेत स्विकृत गरेपछि कपिलवस्तु पूर्ण खोप हुन लागेको हो।  

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भए लगत्तै कपिलवस्तु पूर्ण खोप जिल्ला घोषण हुन लागेको बताए। बिभिन्न १२ वटा रोगविरुद्ध २ वर्षमुनीका बालबालिकाहरुलाई खोप लगाइएको छ। खोपको पहुँच बालबालिकासम्म पुगेको पाण्डेयले बताए। जिल्लामा १६ देखि २३ महिनासम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ।  

यस्तै २ वर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोगविरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए। एक वर्षदेखिको लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुन लागेको उनले बताए। स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा असार २३ गते कपिलवस्तु नगरपालिको सभाहलमा पूर्ण खोप घोषणाको कार्यक्रम रहेको उनले बताए।

प्रकाशित: २० असार २०७८ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App