७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन सम्पन्न

स्वास्थ्य वैज्ञानिकहरूको सातौं शिखर सम्मेलन बिहीबार सुरु भई शुक्रबार सम्पन्न भएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सो सम्मेलन भर्चुअल रूपमा गरिएको थियो।  

सम्मेलनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए। सो सन्देशमा ओलीले सरकारको ‘निरोगी नेपाल’ नारालाई सफल पार्न स्वास्थ्य अनुसन्धान परिषद्को भूमिकाले सहयोग पुग्ने बताए। सम्मेलनले अनुन्धानको क्षेत्रमा नयाँ वैज्ञानिक खोज गरी स्वास्थ्य नीति तथा योजनामा सहयोग पुर्‍याउने अपेक्षा लिएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘औषधिको खोजअनुसन्धान गरी निरोगी नेपालको नारालाई सार्थकता बनाउने अपेक्षा लिएको छु। त्यसैगरी परम्परागत औषधिमा अनुन्धान गरी वैज्ञानिक प्रमाण जुटाउनुमा भूमिका खेलोस्।’

सोही क्रममा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाकी निर्देशक डा. पुनम खेत्रपालले स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानले स्वास्थ्य नीति निर्माणमा सहजता प्राप्त भएको बताइन्। अबको अनुसन्धान नयाँ स्वास्थ्य समस्यासँग जोडेर हुनुपर्ने सुझाव उनले दिइन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ विरुद्धको खोपमा समान पहुँचमा चुनौती बनेको बताए। ‘ठूला राष्ट्रहरूले समयमै प्राप्त गर्ने र साना मूलुकको हकमा समान वितरण छैन, यस्तो हुनु भनेको सिंगो मानव जातिको हितमा प्रयोग गर्न सकिने विषयमा सम्मेलनको निर्णय हुनेछ भन्ने आशा राखेका छौं,’ मन्त्री पोखरेलले भने।

‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान : नीति कार्यान्वयनका लागि प्रमाण’ भन्ने नारा रहेको सो सम्मेलनमा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाकी निर्देशक पुनम खेत्रपाल, अक्सफोर्ड विश्वविद्यालयका पिटर हर्वीले मन्तव्य दिए। सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका वैज्ञानिकहरूले ४७ वटा वैज्ञानिक अनुसन्धान प्रस्तुति, १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति राखिएका थिए। सम्मेलनको पहिलो दिन कोभिड–१९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू र नीतिसम्बन्धी प्रस्तुति राखिएकोमा दोस्रो दिन स्वास्थ्य तथा जनसंख्यासम्बन्धी विषय नवजात शिशु, संक्रामक रोग, पोषण, मानसिक स्वास्थ्य दुर्व्यसन, वातवरणीय स्वास्थ्य, औषधिजन्य तथा बायोमेडिकल अनुसन्धानलगायत विषयमा प्रस्तुति थिए।

प्रकाशित: १९ असार २०७८ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App