६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट

क्याप्शन

जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ।  

शनिबार राती चार जनाको समूहमा आएका युवाहरुले अस्पतालका डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको गाउँपालिकाले जनाएको छ।  

खुट्टा भाचिएको भन्दै उपचार गर्न पुगेका गोपाल तिमल्सिना, रोशन पोखरेल, बिजुली नेपाली र कुमार श्रेष्ठले चिकित्सक कार्की र कर्मचारी मिजारमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ। उनीहरुलाई प्रहरीले राती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ। 

युवाहरुको समूहमा आएकाको खुट्टा भाचिएको उपचार गर्न आग्रह गर्दा चिकित्सकले कोभिड अस्पतालमा संक्रमितहरु समेत रहेकाले अन्तै जान भनेपछि विवाद बढ्दा कुटपिट भएको अस्पतालले जनाएको छ।  

जिल्लाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले घटनाबारे अनुसन्धान भईरहेको सुनाए।

प्रकाशित: १३ असार २०७८ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App