४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

खोटाङका १ हजार ३२८ जनाले जिते कोरोना

खोटाङका १ हजार ३२८ जनाले कोरोना संक्रमणलाई जितेका छन्। शुक्रबारसम्मको तथ्यांकअनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ७०३ जनालाई संक्रमण भएकामा १ हजार ३२८ जना संक्रमित निको भएका हुन्। १० स्थानीय तह रहेको जिल्लामा १ हजार ३२८ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या ३४९ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिय संक्रमितको संख्याभन्दा ९७९ ले बढी हुन पुगेको छ। यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ।

पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५६३ जना, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, रावाबेँसी गाउँपालिकाका ९८ जना, केपिलासगढी गाउँपालिकाका ५६ जना, ऐसेलुखर्क गाउँपालिकाका ९० जना, जन्तेढुंगा गाउँपालिकाका ५७ जना, खोटेहाङ गाउँपालिकाका ५६ जना, साकेला गाउँपालिकाका १३८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १०५ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन्। जिल्लामा हालसम्म ५ हजार ९२६ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७०३ जनालाई संक्रमण पुष्टि भएको हो। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३१ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३७ जना, रावाबेँसी गाउँपालिकामा १३ जना, केपिलासगढी गाउँपालिकामा १५ जना, ऐसेलुखर्क गाउँपालिकामा ३९ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, खोटेहाङ गाउँपालिकामा १३ जना, साकेला गाउँपालिकामा ३२ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।

सबै संक्रमितले कोरोना जित्दा बराहपोखरी गाउँपालिका भने संक्रमित मुक्त बनेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ३० स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा ३ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।

संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

हाल १८ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन् भने १२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। हाल ३५७ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: ११ असार २०७८ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App