८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा थपिए ४ सय २७ संक्रमित

प्रदेश १ मा बिहीबार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ४५ जनाको पिसिआर परीक्षणमा ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको हो।  

सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका  ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी,  बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरीशनिश्चरेमा ७, उर्लाबारीमा ५, सुन्दरहरैचा र लेटाङमा ४–४, रंगेली र कटहरीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ।

झापाको दमकमा ५९ विर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा  र स्थानीय तह नखुलेका २–२, बार्हदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १–१ जनामा संक्रमण देखिएको छ।  ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका  ८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार २ सय २४ पुगेको छ। सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ रहेको छ।

प्रदेश १ मा बुधबार  ७ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ४६ महिला र ३ सय ६७ पुरुष रहेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८ सय ५८ पुगेको छ।

प्रकाशित: ११ असार २०७८ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App