coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आईसियु सञ्चालन हल्ला मात्र

पाँचथर अस्पतालको भवन । तस्बिर : गिरिराज/नागरिक

कोरोना भाईरसको दोश्रो लहर फैलिँदै गर्दा अस्थायी कोभिड अस्पताल पाँचथरमा आईसियु सेवा समेत सञ्चालन गर्ने भन्ने विषय अगाडी बढाईयो । कोरोना संक्रमणका कारण उपचारमा समस्या भईरहदा यो खुसीको खवर थियो ।

विभिन्न क्षेत्रबाट अक्सिन तथा अक्सिजन कन्सनटे«टर लगायतका समाग्री जुटिरहेका बेला आईसियु सेवा सञ्चालनको कुरा सार्वजनिक हुँदा धेरैले प्रसंसा समेत गरे । अस्पतालनको बन्दै गरेको भनवमा रहेको क्यान्टिनलाई व्यवस्थित गरेर आईसियु सञ्चालन गर्ने निर्णय भयो । निर्माण कम्पनीले भवन तयार समेत गर्यो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोरोना जोखिम व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का सदस्यहरुले पटक पटक अनुगमन समेत गरे । अस्पताल व्यवस्थापन समिति पनि यो काममा जुटिरहेको बताउँथ्यो । धेरैले समाजिक सञ्जालमा आईसियु सेवा सञ्चालन हुने भन्दै खुसीका साथ सेयर गरे । सुरुमा पाँच र लगत्तै दश बेड सञ्चालन गर्ने प्रचार समेत गरीयो । कसैले कस्को पहलमा, कसैले कस्को पहलमा भनेर क्रेडिट दिइरहेका थिए ।  

निक्कै प्रचार र प्रसंसा बटुले पनि आईसियु सेवा भने अझैसम्म सञ्चालन भएको छैन । जेठको दोश्रो हप्तामा नै यो सेवानै सञ्चालन गर्ने भनिएपनि अझैसम्म सञ्चालन भएको छैन । तत्काल आईसियु सेवा सञ्चालन हुने देखिँदैन । जनशक्तिको अभावमा आईसियु सेवा सञ्चालन गर्न नसकिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशिले जानकारी दिए । ‘आईसियु सञ्चालन गर्नु भनेको उच्च स्तरको स्वास्थ्य सेवा भएकोले अहिलेको अवस्थामा गर्न सकिने अवस्था छैन । अहिले १५ बेडको अस्पताल भएकाले आईसियु चलाउने जनशक्ति छैन’, जोशिले भने, ‘५० बेडको अस्पताल स्वीकृत भएर दरबन्दी रहेर चिकित्सक उपलब्ध हुनु भयो भने त्यो सेवा उपलब्ध गर्न सकिन्छ ।’

यो सेवा सञ्चालन गर्नका लागि एनएसथेसियोलोजिष्ट आवश्यक पर्छ । तर पदको दरबन्दीनै छैन । यस्तै नर्स लगायका स्वास्थ्यकर्मी आवश्यक हुने गर्छ । पाँचथर अस्पतालमा ६ वटा आईसियु र ४ वटा भेन्टिलेटर सञ्चालनका लागि समाग्री भएपनि थन्किएर बसको छ ।

प्रकाशित: १० असार २०७८ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App