८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

४ हजार ३ सय परीक्षण गर्दा १ हजार ९ सयमा संक्रमण

रोल्पामा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सकृय संक्रमितको संख्या ३ सय ३ पुगेको छ। जिल्लामा ४ हजार ३ सय १९ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय ६४ जनामा संक्रमण भेटिएको हो। त्यसो त पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाइएको छ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म १ हजार ७ सय ४७ जनाले कोरोना जितेका छन्।  

केहि दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा गएको देखिन्छ। गत सातादेखि रोल्पामा संक्रमण घट्दै गएपछि बजार क्षेत्रहरुमा चहलपहल पनि बढ्दै गएको छ।

प्रकाशित: ९ असार २०७८ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App