coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

परीक्षण घटेपछि संक्रमण पनि घट्यो

रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । जिल्लामा ४ हजार ३ सय १७ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय २५ जनामा संक्रमण भेटिएको हो।

जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार ७ सय १३ जनाले कोरोना जितेका छन्।

केहि दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा गएको देखिन्छ । गत साता देखि रोल्पामा संक्रमण घट्दै गए पछि बजार क्षेत्रहरुमा अलि चहलपहल पनि बढ्दै गएको छ । निषेधाज्ञा छलेर सोमवार दिनभर पसलहरु खुल्ने थालेपछि प्रहरी बजार बन्द गराउदै हिडेको छ।

प्रकाशित: ८ असार २०७८ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App