coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सबै नगरबासीलाई खोपको व्यवस्था, १८ वर्षमुनिकालाई समेत आइसियु र भेन्टिलेटर

भक्तपुर नगरपालिकालले सबै नगरबासीका लागि खोपको व्यवस्था गर्ने भएको छ। नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखी खोपको व्यवस्था गर्न लागेको नगरपालिकाले जनाएको छ।

त्यस निम्ति नगरपालिकाले नीति समेत बनाएको छ। सो नीति नगरपालिकाको जारी १० औं नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरे। ‘कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइने छ।’ उनले भने।

यसका साथै नगरपालिकाले कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी कोभिड युनिटलाई निरन्तर तयारी अवस्थामा राखिने समेत जनाएको छ। नगरपालिकाले जोखिममा पर्नसक्ने १८ वर्षमूनिका बालवालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ।

नीति तथा कार्यक्रममा भक्तपुर नगरपालिकाले च्याम्हासिंहमा निर्माण गरिरहेको ख्वप अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी आधुनिक स्वास्थ्य उपकरणसहित यसै वर्षदेखि संचालनमा ल्याउनले र सोे अस्पतालाई ‘जनताको अस्पताल’को रुपमा विकास गरिने नगरप्रमुख प्रजापतिले बताए।

यसका साथै नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि कोभिड युनिटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू तथा प्रयोगशाला र स्वाब परीक्षण, एम्बुलेन्स तथा शव वाहन सेवा प्रदान गर्ने कर्मचारीहरूलाई अस्पताल संचालक समितिको निर्णय अनुसार प्रोत्साहन भत्ताको व्यवस्था गर्ने भएको छ।

नगरपालिकाले सञ्चालन गरिरहेको घरदैलो नर्सिङ सेवालाई प्रभावकारी बनाई विद्यालय र कलेजसम्म सेवा विस्तार गर्दै लग्ने र त्यसको लागि आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरूको बन्दोबस्त गर्ने भएको छ। ‘जनताको स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले सेवा विस्तार गर्न वडा–वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार गर्दै लगिने छ।’ नीति तथा कार्यक्रममा उल्लेख छ।

नगरपालिकाले आगामी वर्षदेखि अक्युपंचर थेरापी सेवा सुरु गर्ने, नगरमा देखापरेका संक्रामक रोगहरूको विषयमा सघन स्वास्थ्य कार्यक्रम गर्ने पनि जनाएको छ।

प्रकाशित: ८ असार २०७८ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App