coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो। दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले जानकारी दिए।

गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो। यसैबीच अहिले जिल्लामा दैनिक सङ्क्रमणदर घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। जिल्लामा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताए।

सक्रिय सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन्। यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित छन्।

प्रकाशित: ८ असार २०७८ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App