coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘डेल्टा भेरियन्टको म्युटेन्ट कम खतरा हुने’

नेपालसहित अन्य १० देशहरुमा पुष्टि भएको कोरोना भाइरसको डेल्टा भेरियन्टनको उपपरिवर्तनरुप (म्युटेन्ट) के फोर्टीवन सेभेन एन म्युटेशन थप खतरनाक नभएको भाइरोलोजिष्ट तथा विज्ञहरुले जनाएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य संगठन नेपाल र दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयको सहयोगमा जिन सिक्वेन्स गरेका नमूना मध्येमा ९ वटामा डेल्टा भाइरसकै परिवर्तित स्वरुप देखिएको थियो।  

नेपालले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भारतस्थित एक्सिलेन्स इन जिनोमिक्स तथा इन्सिटच्युट अफ जिनोमिक्स तथा इन्टिगेरेटेड बायोलोजीमा जिन सिक्वेन्सको लागि जेठको अन्तिम साता पठाएको थियो। पठाएका ४८ वटा नमूना मध्येमा ४७ वटामा डेल्टा भेरियन्ट (बी.६१७.२)पुष्टि भएको थियो। एउटामा भने अल्फा भेरियन्ट (के फोर्टी वान सेभेन नाइन) पुष्टि भएको थियो।  

पुष्टि भएका ४७ वटा डेल्टा भेरियन्टकै उपपरिवर्तन स्वरुप (के ४१७ नाइन) म्युटेशन फेला परेको हो। यो म्युटेशन नेपालसहित बेलायत, क्यानडा, जापना, पर्चुगल, देशहरुमा फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिन सिक्ववेन्सले नेपालमा फैलिएको डेल्टा भेरियन्टमा उपरिवर्तन भएको सूचना जारी गरे लगत्तै नेपाली संचारमाध्यमहरुले बढी खतरानक भनी समाचार सम्प्रेषण गरेका थिए। विज्ञहरुले भने डेल्टा भेरियन्टमा भएको यो म्युटेशन(परिवर्तन) पुरानो डेल्टाको भन्दा कम खतरानक हुने सम्भावना रहेको बताएका छन्। 

हालसम्म जिन सिक्वेन्स भएका प्रयोगशालाहरुको समिक्षा लेखहरुमा डेल्टा भेरियन्टको म्युटेन्ट कम खतरनाक हुने र गम्भिर असर पनि कम गर्ने पाइएको छ। भाइरोलोजिष्ट तथा जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ का निर्देशक डा.श्रवण कुमार मिश्रका अनुसार यो म्युटेन्ट शरीरको रिसेप्टर (सेलमा प्रवेश) कम मात्र गर्न सक्छ। कम प्रवेश गरेमा सेलहरु कम नष्ट हुने र फोक्सोमा पनि कम असर पर्छ। फोक्सोमा कम असर गरेमा संक्रमितहरुमा गम्भिर बिरामी हुने सम्भावना कम हुन्छ। ‘डेल्टाको म्युटेशनको कारणले पनि नेपालमा पछिल्लो समय संक्रमण घटेदै गएको हुन सक्छ’, डा.मिश्रले भने।  

भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्ने क्रममा बढी संक्रामक र कम संक्रामक हुने गर्दछन्। डेल्टा भेरियन्ट बढी संक्रामक मध्यमै पर्छ। अहिले नेपाल लगायत विश्वका १० वटा मुलुकहमा देखा परेको डेल्टा भेरियन्टको म्युटेशन अति कम कममा थोरै मात्र परीक्षण भएको र विश्वमै कम संख्यामा देखिएकोले यो डेल्टाभन्दा बढी असर नगर्ने सम्भावना देखिएको इन्ट्रिपिड नेपालका अनुसन्धान प्रमुख डा। समिरमणी दीक्षितले बताए। ‘अहिलेकै डेल्टा भन्दा थप संक्रामक छैन, यसको अनुसन्धान हुन बाँकी छ’ उनले भने । यो केही देशहरुमा थोरै मात्रामा देखिएको हुनाले यसको असरको बारेमा थप अनुसन्धानपछि मात्र भन्न सकिने उनको भनाइ छ।  

हालसम्म देखा परेका भेरियन्टहरुमा भेरियन्ट अफ कन्सर्नमा (बढी व्यक्तिमा कडा असर गर्ने)  डेल्टा,विटा र गामा भेरियन्ट हुन् भने भेरियन्ट अफ इन्ट्रेस (कम व्यक्तिमा कम असर गर्ने) मा नेपालमा  कप्पा भेरियन्ट देखा परेको हो। यो भेरियन्ट अन्यको तुलनामा कम संक्रामक मानिन्छ।  भेरियन्ट अफ इन्ट्रेसको संक्रमण हुने सम्भावना कम  हुन्छ। नेपालमा डेल्टा भेरियन्ट म्युटेशन दुइ महिना अघि नै गरिएको जिन सिक्वेन्समा पनि पुष्टि भएको थियो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिन सिक्वेन्सको लागि गत वैसाख २६ देखि जेठ २० भित्रका देशका बिभिन्न भागबाट नमूना संकलन गरी पठाइएको थियो । डेल्टा भेरियन्ट भने विश्वका ८० वटा मूलुकमा फैलिसकेको पाइएको छ। डेल्टा भेरियन्टठ सवै उमेर समुहका व्यक्तिहरुमा संक्रमण भई असर गर्ने भेरियन्टमा पर्छ। यो भेरियन्ट भारतमा बढी फैलिएपछि नेपालमा पनि फैलिएको देखिन्छ । हाल युकेमा फैलिएको संक्रमण डेल्टा प्रजातिको भएको र थोरै समयमा बढी मानिसमा फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमले  जनाएका छन्।  

कोरोना संक्रमणदर २१ प्रतिशत

नेपालमा गत चौविस घण्टामा कोेरोना संक्रमणदर २१ प्रतिशत रहेको छ। चौविस घण्टाभित्र परिक्षण भएका १० हजार ९ सय ४ वटा नमूना मध्येमा २२ सय ९७ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ४९ हजार ९ सय ४८ जना पुगेका छन् । ती मध्येमा ३ लाख ९३ हजार ३ सय २१ जना दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्।  

गत चौविस घण्टामा थप ४६ जनाको मृत्यु भएको छ। थप मृतक सहित नेपालमा कोरोनाबाट मृत्यु हनेको संख्या ८ हजार ७ सय ७२ जना पुगेका छन्। ती मध्येमा ५ हजार २ सय ९३ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो। गत चौविस घण्टामा काठमाडौ उपत्यकामा ३ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। हाल देशभरिमा ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमित छन्। ती मध्येमा ५० हजार ३ सय ४ जनाको होम आइशालेशनमा र ३ हजार ६ सय ३६ जनाको संस्थागत आइशोलेशनमा उपचार भइरहेको छ। गम्भिर समस्या भएका ८ सय ११ जनाको आइसियुमा र २ सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: ८ असार २०७८ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App