coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

बैतडीको मेलौली नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याएकोको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिइएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।

बिना पारिश्रमिक स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिँदै आएका स्वयंसेविकाहरुलाई भत्ता उपलब्ध गराएपछि उनीहरु उत्साहित भएका छन्। नगरपालिका भित्रका ७० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरिएको हो। कोरोना जोखिम न्यूनीकरणका लागि रातदिन खटेको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भत्ता उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

कोरोना महामारीको समयमा पनि आधारभूत स्वास्थ्य सेवा प्रदानमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। उनीहरुकै सक्रियताले कोरोना नियन्त्रणमा सहयोग पुगेको उनले जानकारी दिए।

प्रकाशित: ८ असार २०७८ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App