coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मोवाईलको उज्यालोमा शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य

बिरामीकाे शल्यक्रिया गर्दै डाक्टर। र अस्पतालमा आएको जेनेरेटर। तस्बिर: नागरिक

रोल्पा अस्पतालले स्थापनाकाल देखि भोग्दै आएको विद्युतको समस्या हल भएको छ। बिजुली जाँदा गतिलो वैकल्पीक व्यवस्था नहुँदा मोबाईलको उज्यालोमा सुत्केरी शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेको यहाँ रोल्पा नगरपालिकाले १ सय केभिएको जेनेरेटर उपलब्ध गराएको छ ।  

एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख पुर्ण केसिले अस्पताल विकास समितिका अध्यक्ष फबिन्द्र आचार्यलाई उक्त जेनेरेटर हस्तान्तरण गरेका हुन्। सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुखले केहि समय अगाडी नागरिक दैनिकमा ‘मोवाईल बालेर सुत्केरीको अप्रेशन’ भन्ने समाचार पढेपछि जेनेरेटर किन्नै पर्छ भन्ने लागेको बताउँदै यो सहयोगले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने बताए। ‘

हामि जहिले जनताकै सहजताका लागि काम गरिरहेका छौँ। स्वास्थ्यका सवालमा नगरपालिका सम्बेदनशिल छ ।’ करिब १५ लाख रुपैया बढि रकम खर्चेर किनिएको जेनेरेटरले आउदा दिनमा स्वास्थ्यकर्मी र बिरामीका लागि सहज हुनेछ।  

जेनेरेटर पाएपछि अस्पताल परिवार दंग छ। ‘पहिला बत्ति गयो भने अप्रेशन गर्नका लागि व्याकअप थिएन । एक्सरे गर्नलाई पनि समस्या थियो।’ रोल्पा अस्पतालका प्रमुख डा. सबु काप्ले भन्छिन् ‘अब मोवाईल बालेर अप्रेशन गर्ने दिन हट्ने छ। यसले दीर्घकालिन सहयोग गराउने छ।’ अप्रेशन, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रवाहमा अस्पतालले समस्या झेलिरहेको थियो।

‘पहिला असहज थियो। बत्ति गईरहन्थ्यो। कहिले कसो बत्तिका कारण सेवा समेत रोक्नु पथ्र्यो अब त्यो समस्या हुने छैन।’ मोवाईलको उज्यालोमा सुत्केरी अप्रेशन गरेका रोल्पा अस्पतालका डा. प्रकाश बहादुर बुढा भन्छन् ‘अप्रेशन गर्दा गर्दै बत्ति जान्छ कि भनेर डर लागिरहन्थ्यो । हामिलाई मात्र नभएर बिरामीलाई पनि असहज हुन्थ्यो अब ढुक्क हुनेछ।’

व्यवस्था परिवर्तन भएपनि अवस्था फेर्न नसकेको जिल्ला अस्पताल आज पनि १५ शय्याको मात्र छ । चिकित्सक र स्वास्थ्य दरबन्दी प्रयाप्त नभएको रोल्पामा शैया अभाब उत्तिकै जटिल छ। अभाबका बिचमा पनि रोल्पा अस्पतालले आज सम्म जनताको गुनासो आउन दिएको छैन। ‘सकेको सेवा दिईरहेका छाैँ। जे उपलब्ध छ त्यसलाई म्यानेज गरेर भए पनि सेवा प्रवाहमा कुनै कन्जुस्याई गरेका छैनौ।’ यतिबेला रोल्पाबासी रोल्पा अस्पताललाई ‘आहा अस्पताल’का रुपमा चिन्ने गर्दछन्। 

प्रकाशित: ७ असार २०७८ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App