८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

नेपालमा नयाँ प्रकार कोरोना भाइरस (कोभिड–१९) को भेटिएको पुष्टि भएको छ।  ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४ १७ एन म्युटेसन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उक्त नमूनाहरूको जिनोमिक सेक्वेन्सिङ पहिचान गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ। जसलाई (एवाई.१) नाम दिइएको छ। 

यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको बताइएको छ। यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक द इन्च्टीच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजीमा 
सेक्वेन्सिङका लागि पठाइएको जनाएको छ। 

यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रकाशित: ७ असार २०७८ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App