८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

एक्सपर्ट फाउन्डेसनद्वारा इटहरीलाई अक्सिजन कन्सन्ट्रेटर

एक्सपर्ट फाउन्डेसनले इटहरी उपमहानगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।  

आइतबार इटहरी अस्पतालमा एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रोसन कडेलले ती सामग्री हस्तान्तरण गरेका हुन्। अध्यक्ष कडेलले इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीलाई सामग्री हस्तान्तरण गरे। संस्थाले इटहरी अस्पतालमा प्रयोग गर्न सामग्री प्रदान गरेको हो।  

फाउन्डेसनले इटहरी उपमहानगरसँगै देशभर नै आवश्यक मात्रामा अस्पतलाहरुलाई विभिन्न मात्रामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने अध्यक्ष कडेलले जानकारी दिए।

एक महिना अगाडि नै यी सामान संस्थाले आयात गरको भए पनि विभिन्न कारणले वितरणमा ढिलाइ भएको उनले जानकारी दिए। संस्थाका प्रतिनिधिले देश भरका विभिन्न अस्पताल र स्थानीय तहहरुमा अनुगमन गरेको र त्यसपछि आवश्यकता महसुस भएका अस्पताल र स्थानीय तहलाई सहयोग गरेको कडेलले बताए। ‘हाम्रा १५ देशमा पाँच सयभन्दा बढी कर्मचारी छन्’, उनले भने, ‘तिनै कर्मचारी र हाम्रो व्यवस्थापन तहमा रहेका साथीहरुको तलबबाट केहि रकम छुट्याएर सहयोग गरेका हौँ।’

प्रकाशित: ६ असार २०७८ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App