४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

प्रदेश १ मा ३ सय ७१ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ३ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार १ सय ७१ जनाको पिसीआर परिक्षण गर्दा ३ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो।  

संक्रमितहरूमध्ये मोरङमा १ सय ५२, सुनसरीमा १ सय २, झापामा ७२, इलाममा ७, पाँचथर, तेर्हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ।

सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१ जनामा संक्रमण देखिएको छ। झापाको विर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

त्यसैगरि इलामको इलाम नगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१ जनामा संक्रमण देखिएको छ। पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, तेर्हथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा१–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५ सय ९९ पुगेको छ। सक्रिय संक्रमितको संख्या १२ हजार ४ सय २ रहेको छ। प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेमा ७ सय ७७ महिला र ९ सय ६३ पुरुष रहेका छन्। मोरङका सबैभन्दा बढी ६ सय ८३ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार १ सय १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ असार २०७८ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App