७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

खोटाङमा संक्रमण जित्नेको संख्या बढ्दै

पछिल्लाे केहि सातायता खोटाङमा काेराेना संक्रमण जित्नेको संख्या बढ्दै गएकाे छ। मंगलबारसम्ममा सक्रिय संक्रमितको संख्या ६ सय ७९ हुँदा संक्रमण जित्नेको संख्या ८२३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।  

यस तथ्यांक अनुसार कोभिड–१९ बाट संक्रमण भएका सक्रिय संक्रमितभन्दा संक्रमण जित्नेको संख्या १ सय ४४ ले बढि हुन पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। १० स्थानीय तह रहेको जिल्लामा कुल १ हजार ५ सय १९ जनालाई संक्रमण हुँदा ८ सय २३ संक्रमितले संक्रमण जितेका हुन्।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २७१ जना, हलेसी तुवाचुङ नगरपालिकाका १३१ जना, रावाबेँसी गाउँपालिकाका ७२ जना, केपिलासगढी गाउँपालिकाका २१ जना, ऐसेलुखर्क गाउँपालिकाका ६६ जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना, खोटेहाङ गाउँपालिकाका ४२ जना, साकेला गाउँपालिकाका ८८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६८ जना र बराहपोखरी गाउँपालिकाका ११ जनाले संक्रमण जितेका छन्। 

८२३ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ६७९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३०५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ७१ जना, रावाबेँसी गाउँपालिकामा ३२ जना, केपिलासगढी गाउँपालिकामा ४४ जना, ऐसेलुखर्क गाउँपालिकामा ४९ जना, जन्तेढुंगा गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १५ जना, साकेला गाउँपालिकामा ७२ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६१ जना र बराहपोखरी गाउँपालिकामा १४ जना सक्रिया संक्रमित छन्। जिल्लामा हालसम्म ५ हजार ९७ जनाको एन्टीजेन र १ हजार ७९४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५१९ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताए।  

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।  

संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्। हालसम्म जिल्लामा ६ संक्रमितको मृत्यु भइसकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म २७ जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने ३८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। हाल ६ सय ४१ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

प्रकाशित: १ असार २०७८ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App