८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

समस्यामा परेका महिलालाई आर्थिक सहयोग

मोफसलमा रहेर महिलाका क्षेत्रमा काम गरिरहेका तथा बिपन्न ग्रामिण भेगका अगुवा महिलालाई तरङ्गीनी फाउन्डेसनले आर्थिक सहयोग गरेको छ। पश्चिम रुकुममा रहेर महिला अधिकारका क्षेत्रमा काम गरिरहेका उनिहरुलाई १० हजार बराबरको आर्थिक सहयोग गरिएको हो।  

ओरेक रुकुम, स्थानिय तह, पत्रकार महासंघ रुकुम र महिला मानब अधिकार रक्षक संजालको समन्वयमा उनिहरुलाई सहयोग गरिएको थियो । सहयोग पाउनेमा महिला अधिकारका क्षेत्रमा काम गरिरहेका बिष्णु सुनार, डिला महतरा, पुर्ण कुमारी पुन साथै अति बिपन्न परिवारकि चेतना खत्री रहेका छन्।  

महिला अधिकारका क्षेत्रमा काम गरिरहेका कोरोना प्रभाबित तथा अति बिपन्न परिवारका महिलालाई आर्थिक सहयोग गरिएको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताईन्। उनका अनुसार तरङ्गीनी फाउन्डेसनको यो सहयोगले महिला र उनका परिवारलाई केहि सहयोग पुग्ने छ। ‘कोरोना महामारीको यो समयमा सामाजिक क्षेत्रमा काम गरिरहेका तथा समस्यामा परेकाहरुलाई सहयोग गरिएको हो।’

ओरेक रुकुमका जिल्ला संयोजक धितालका अनुसार महिला पुर्नस्थापना केन्द्र ओरेक नेपालको सहयोगमा पनि निकट भविष्यमा तिन सय ५० जना बिपन्न महिलाहरुलाई खाद्य सहयोग गरिने योजना रहेको छ। उनका अनुसार बन्दाबन्दीमा परेर आय आर्जन गर्न नसक्दा समस्यामा परेका महिलालाई तत्काल खाद्य सहयोग गरिने छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App