८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोभिड अस्पताललाई आईसीयु बेड सहयोग

मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन्।  

ठाकुरबाबा नगपालिका घर भई हाल अमेरिकाको मिचिगनमा बस्ने  छबिलाल लामिछानेको नेतृत्वमा १२ लाख ५५ हजार ५० रुपैयाँ सहयोग कोभिड अस्पतालमा आएको हो।  

सहयोग गर्नेमा ठाकुरबाबा नगरपालिका– १ का छबिलाल लामिछाने र यसोदा लामिछानेले ६ लाख ११ हजार ४ सय रुपैया, वडा नम्बर ८ का देबिरामशर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैया, वडा नम्बर ३ कीदिपा शर्माले पनि १ लाख १३ हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएका हुन्।

यस्तै ठाकुरबाबा नगरपालिका–७ का जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैया, वडा नम्बर २ बलातिका टिका गौतम र गोमागौतमले १ लाख १३ हजार, वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रसंसा ढकालले २२ हजार ६ सय रुपैयाप्रदान गरेका हुन्।  

उनीहरुका अभिभावकले सो रकम ठाकुर बाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। नगर प्रमुखश्रेष्ठले सहयोगीका परिवारलाई कोभिड अस्पतालमै खादाओढाएर सम्मान गरेका थिए। कोरोनाको दोस्रो लहरसंगै संक्रमित बढ्न थालेपछि नगरपालिकाले आस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो। त्यसमा विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ।  

प्रकाशित: ३१ जेष्ठ २०७८ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App