८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ताप्लेजुङमा ६२ प्रतिशत संक्रमणमुक्त

साढे बाह्रसय बढीले लगाए भेरोसेल खोप

दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा संक्रमित भएका मध्ये करिव ६२ प्रतिशत कोरोना संक्रमणमुक्त भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले सोमवार मध्यान्ह सार्वजनिक गरेको विवरण अनुसार अहिले ३ सय ५७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। कूल ९ सय ५ जनामा संक्रमण देखिएकोमा ५ सय ५९ जना संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ।  

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार दोस्रो भेरिएन्ट सुरु भएयता पीसीआर बिधिबाट १ हजार ९ सय ५६ र एन्टीजेन बिधिबाट २ हजार ३ सय ४७ गरी कूल ४ हजार ३ सय ३ जनाको परीक्षण गरिएको छ। पीसीआर बिधिबाट परीक्षण गरिएमा मध्ये ४ सय ९७ जनामा र एन्टीजेन बिधिबाट परीक्षण गरिएका मध्ये ४ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो। जिल्ला प्रशासन कार्यालयका खरिदार बिजय गोठाले गौतमका अनुसार संक्रमण अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ।

यहाँ परीक्षण नगराएका तर बाहिर परीक्षण गराइ होम आइसोलेसनका बस्ने गरी २२ जना संक्रमित ताप्लेजुङ आएका छन्। यसो गर्दा सक्रिय संक्रमितको संख्या ३ सय ५७ पुगेको गौतमले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले जिल्ला भरका सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयसंग समन्वय गरेर तथ्याङ्क अद्यावधिक गर्दै आइरहेको छ।  

ताप्लेजुङमा सोमवार मन्ध्यान्ह सम्ममा १ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाएका छन्। १ हजार ८ सय ५१ जनालाइ पुग्ने गरी भेरिसिल खोपको पहिलो मात्र यहाँ आएको थियो। कोभिडशिल्डको पहिलो मात्र लगाउनेको संख्या भने १४ हजार १ सय ९१ रहेको प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App