७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

उपचारका लागि लगिएका २ जनाको मृत्यु

कोरोना संक्रमण पुष्टि भइ थप उपचारका लागि हेलिकोप्टरमार्फत् बाहिरी जिल्ला लगिएका ताप्लेजुङका दुईजनाको उपचारका मृत्यु भएको छ।

उपचारका क्रममा अन्दाजी ४४–४५ बर्षीय एक पुरुष र ७५–७६ वर्षीया एक महिलाको आइतबार निधन भएको थियो। ती दुबैलाई ताप्लेजुङमै कोरोना संक्रमण पुष्टि भएको थियो।

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले उनीहरु दुबैमा कोरोना संक्रमण पुष्टि भइ थप उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको जानकारी दिए।

कोरोना संक्रमणको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणकै कारण ११ जनाको मृत्यु भइसकेको छ। तर जिल्ला प्रशासन कार्यालयले प्रकाशित गर्ने दैनिक कोरोना संक्रमणको अवस्थासम्बन्धी बिबरणमा भने ९ जनाको मात्र मृत्यु भएको उल्लेख छ।

प्रकाशित: ३० जेष्ठ २०७८ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App