१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

ताप्लेजुङमा असार ७ गतेसम्म निषेधाज्ञा

ताप्लेजुङमा असार ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्डअपनाएर ६ बजेदेखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुल्ने भएका छन्।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना संक्रमणको महामारीको अवस्था क्रमशः सुधार आएपनि संक्रमणको अवस्था पूर्णतया सुधार भइ नसकेकोले निषेधाज्ञाको अवधि बढाइएको जानकारी दिए।

प्रजिअ पाण्डेका अनुसार बैंकहरुको सेवा बिदाका दिनबाहेक अरु दिन बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्मका लागि कायम गरिएको छ। अत्यावश्यक काम परेको अवस्थामा अब अरु सरकारी कर्मचारीले पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बढीमा एक चौथाइ कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न सकिने भएको छ।

यातायात, शैक्षिक संस्था, अत्यावश्यक काम मानिसको अनावश्यक हिँड्डुल माथिको प्रतिबन्ध भने कायम गरिएको छ। आर्थिक बर्षको समाप्तिको अवधि पनि हुन लागेकोले योजनाको अन्तिम भुक्तानी लगायतलाई ध्यानमा राखेर सरकारी कार्यालयहरुमा अत्यावश्यक कामहरु गर्न सकिने तर ती सबै कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।

प्रकाशित: ३० जेष्ठ २०७८ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App