५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

पालिका र स्वास्थ्य संस्थालाई सुआहाराद्वारा स्वास्थ्य सामग्री वितरण

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा (ज्वारी कोट र नेपाली टोपी लगाएका) लाइ सुआहारकोतर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिदैं। तस्बिर: नागरिक

अमेरिकी सहयोग विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सुआहारा दोस्रो कार्यक्रममार्फत वातावरण संरक्षण तथा विकास मञ्चले ताप्लेजुङका ९ स्थानीय सहित जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री बितरण गरेको छ।  कोरोना महामारीकाबीच सुआहारा कार्यक्रमले सुत्केरी आमा तथा  २ वर्ष मुनिका बच्चा भएका एवम् कोरोना लक्षण देखिएका घरधुरीमा पोषण स्वास्थ्यका अत्यावश्यक व्यवहारहरु र कोरोना भाइरसबाट बच्न ध्यान दिनु पर्ने उपायहरुबारे निरन्तर परामर्श प्रत्येक हप्ता ४ सय बढी घरधुरीमा टेलिफोनका माध्यमबाट परार्मश सेवा सञ्चालन गरेको पनि जनाएको छ।  

कोभिड १९ जोखिम सञ्चार तथा सामुदायिक संलग्नता अभियानमार्फत परार्मश सेवा र स्वास्थ्य सामग्री प्रदान गरिएको सुआहारा दोस्रो कार्यक्रमका लागि ताप्लेजुङ फिल्ड संयोजक मनप्रसाद नाल्वोले जानकारी दिए। उनका अनुसार टेलिफोन परामर्शका क्रममा शंकास्पद लक्षण भएका ब्यक्ति बारे जानकारी पाए परीक्षणका लागि परामर्शका दिने र उनीहरुको अवस्था बारे स्थानीय निकायलाइ अवगत गराउने कार्य पनि भएका छन्। हजार दिने आमा तथा परिवारमा ८ हजार ६ सय ४७ वटा मोवाइल म्यासेज एसएमएसमार्फत परामर्श सूचनाहरु पठाइएको समेत नाल्बोले जानकारी दिए।  

स्थानीय तहहरुले सञ्चालन गर्ने वार्षिक कार्यक्रम एवं बहुक्षेत्रीय पोषण योजना अन्तर्गत समावेश गरेका पोषण क्रियाकलापहरु सञ्चालन गर्न सुआहारा दोस्रो कार्यक्रमले स्थानीय तहलाइ नियमित रुपमा प्राविधिक सहयोग र सहजीकरण गरिररहेको समेत उनले बताए। यस्तै कोभिड संक्रमण भएका सदस्यले अपनाउनुपर्ने रणनीति र सावधानीका उपाय,परिवारका सदस्यले अपनाउनुपर्ने सावधानी,छिमेकी र आफन्तले खेल्नुपर्ने भूमिका र सावधानीका केन्द्रित जानकारीमूलक पर्चा र फ्लेक्स प्रिन्ट सामग्री समेत बितरण गरिएको नाल्बोले जानकारी दिए।  

सुआहाराले पालिकाका महिला स्वासथ्य स्वयंसेविकाका लागि सर्जिकल मास्क र स्यानीटाइजर तथा पालिकामा रहेका स्वास्थ्य संस्थाको लागि सर्जिकल मास्क,स्यानीटाइजर,पीपीइ गाउन,केएन–९५ मास्क,पञ्जा,फेस सिल्ड,रबर बुट,हेड कभर र बुट कभर सहितका सामग्री बितरण गरेको समेत नाल्बोले जानकारी दिए। पालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका अतिरिक्त सुहाआरा कार्यक्रमले ताप्लेजुङ जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समेत नाल्बोले जानकारी दिए।  

यसअघि ताप्लेजुङ जिल्लाका सबै स्थानीय तहमा रहेका बर्थिङ सेन्टरमा ५ हजार थान फेस सिल्ण्ड बितरण गरेको सुआहारा कार्यक्रमले कोभिड प्रतिकार्यका लागि जिल्ला भरका स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयंसेसिवकालाइ लक्षित गरी पीपीइ,सर्जिकल मास्क र स्यानीटाइजर सहितका सामग्री उपलब्ध गराएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७८ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App