५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

रामदेवले कोरोनाविरुद्धको खोप लगाउने

भारतका प्रसिद्ध योग गुरु एवं पतंजलि आयूवेर्दिक संस्थाका संस्थापक बाबा रामदेबले  कोरोना विरुद्धका खोप लगाउने घोषणा गरेका छन्। लामो समयदेखि एलोप्याथिक उपचार पद्धतिको बिरोध गर्दै आएका उनले बिहिबार खोप लगाउने घोषणा गरेका हुन्।

एलोप्याथिक उपचारविरुद्ध विभिन्न अभियान चलाएको तथा गलत सुचना दिएकाले केही साता अघि उनीविरुद्ध चिकित्सकहरुले आवाज उठाएका थिए। उनले विगतको आफ्नो धारणा परिवर्तन गर्दै चिकित्सकलाई धर्तीकालागि ‘ईश्वरको राजदूत’ समेत भने। भारतीय सञ्चार माध्ययम दि ईन्डियन एक्सप्रेसका अनुसार उनले कोरोना विरुद्धको खोप लिनुका साथै योगा पनि अति आवश्यक रहेको उनले बताए।  

प्रधानमन्त्री नरेन्द मोदी नरेन्द्र मोदीले जुन २१ बाट सबै नागरिकललाई नि:शुल्क खोप दिने घोषणा पश्चात बाबा रामदेबले यस निर्णयलाई ऐतिहासिक भन्दै उनले पनि कोरोनाविरुद्धको खोप लगाउने भनेका छन्। उनले कहिले लगाउने भनी मिती भने सार्वजनिक गरेका छैनन्।  

केही समय अघि स्वामी रामदबले कोरोनाविरुद्धको ओषधीको नाममा कोरोनिल बनाएका थिए। उनले यस औषधीको प्रयोगले कारोनालाई ठिक गर्ने दाबी गर्दै समेत आएता पनि यसले स्वीकृत भने पाएको थिएन। उनको यस उत्पादनलाई विभिन्न छिमेकी राष्ट्रहरुमा समेत वितरण गरिएको थियो।  

सोमबार कोरोनिलको बिक्री तथा वितरणमा नेपालले पनि रोक लगाएको  छ। केही समय अगाडी भुटानलेपनि कोरोनिललाई वितरणमा रोक लगाएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७८ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App