coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सर्पदंश उपचार केन्द्रलाई जिड्सको स्वास्थ्य सामग्री

सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री दिँदै वर्ल्डभिजन प्रतिनिधि । तस्बिरः महेश्वर

जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरले त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको ‘सामुदायिक सर्पदंश उपचार केन्द्र’लाई कोभिड रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ । जारी कोभिड भेरियन्ट महामारीमा सुरक्षित रहेर उपचार गर्न वर्ल्डभिजनको साझेदार संस्था जिड्सले पिपिई, अक्सिमिटर, मास्क, फेस सिल्ड र सेनिटाइजर सहयोग गरेको हो ।

नेपाली सेनाको ब्यारेकमा सञ्चालित उपचार केन्द्रलाई वर्ल्डभिजनका प्रतिनिधि आनन्द खड्का, जिड्सका कार्यक्रम संयोजक अजयकुमार साह र गैसस महासंघका अध्यक्ष सुमन परियारसहितको टोलीले बिहीबार ५ सेट पिपिई, २ थान अक्सिमिटर, १० थान फेससिल्ड, १ हजार थान सर्जिकल मास्क, १ सय थान ह्याण्ड ग्लोब्स र ५ लिटर ह्याण्ड सेनिटाइजर प्रदान गरेको छ ।  

करिब २१ हजार १ सय मूल्य बराबरका स्वास्थ्य सामग्री उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतलाई हस्तान्तरण गरेको संयोजक साहले बताए । सामग्री बुझ्दै अध्यक्ष बस्नेतले कोभिड कहरका बेला पनि दैनिकजसो सर्पले टोकेर घाइते बिरामीहरु उपचार गर्न आउने गरेको बताए । कोभिड संक्रमणको त्रासका बीच घाइतेको उपचार गर्न जोखिमपूर्ण अवस्थामा प्राप्त सामग्रीले धेरै सहयोग पुग्ने भन्दै बस्नेतले जिड्स र वर्ल्डभिजनलाई धन्यवाद दिए ।  

जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले कोभिड महामारीको प्रतिकुल समयमा पनि सर्पदंशका बिरामीको उपचारमा सहज बनाउन स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । यसअघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)मार्फत जिल्लाका ८ वटै स्थानीय तह र कोभिडविरुद्ध अग्रपंतिमा रहेर खट्ने पत्रकारहरुलाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराइएको अध्यक्ष पोखरेलले बताए ।  

बिगत ६ वर्षअघि नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा स्थापना गरेर सञ्चालनमा ल्याइएको उपचार केन्द्रले सर्पले डसेर घाइतेहरु हुनेहरु अकालमा मर्नबाट बचाउँदै आएको छ । जिल्लामा सर्पदंशका घट्ना वर्षेनी बढ्दै गएपछि उपचार केन्द्र स्थापना गरिएको केन्द्रका सचिव यदु ढकालले बताए । उनका अनुसार उदयपुरमा हरेक बर्खायाममा विषालु सर्पको बिगबिगी हुने गरेको छ भने केन्द्र स्थापना गर्नुअघि वर्षेनी सर्पदंशले मान्छे मर्ने गरेका थिए । 

अहिले पनि दैनिक सरदर ३ जनाको दरले सर्पदंशका घाइतेहरु उपचारार्थ केन्द्रमा आउने गरेकाे ढकालले बताए ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App