८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको निधन

फाइल तस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको निधन भएको छ। प्रतिष्ठानका अनुसार निधन हुनेमा धरान र रामधुनी नगरपालिकाका वृद्ध हुन्। 

सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १० बजेर ५० मिनेटमा कोभिड अस्पतालमा धरान ८ का ६० वर्षीय वृद्धको मृत्यु भएको थियो। उनलाई जेठ २४ गते संक्रमण पुष्टि भएको थियो। परिवारले वृद्धलाई उपचारको लागि धरानकै विजयपुर हस्पिटलमा भर्ना गरेको थियो । उक्त हस्पिटलबाट वृद्ध जेठ २५ गते वीपी प्रतिष्ठानमा रिफर भई भर्ना भएका थिए।

यसैगरि, रामधुनी ९ सुनसरीका ७० वर्षीय वृद्धको पनि उपचारको क्रममा प्रतिष्ठानमा निधन भएको छ । उनको आज बिहान ४ बजेर २५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। वृद्धलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो भने २१ गते प्रतिष्ठानमा भर्ना भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन्। मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App