coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा पहिलो चरणमा साढे अठार सयलाई भेरोसेल खोप लगाइने

ताप्लेजुङमा पहिलो चरणमा १ हजार ८ सय ५१ जनालाइ कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले बुधवार सञ्चारकर्मीसंग अन्तरक्रिया गर्दै जिल्ला अस्पतालमा रहेको खोप केन्द्र सहित पालिकाका खोप केन्द्रहरुमार्फत खोप दिइने जनाएको हो।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलका अनुसार २६ र २७ जेठमा जिल्ला अस्पतालको खोप केन्द्रबाट,२८ गते फुङ्लिङ नगरपालिका अन्तर्गतका दोखु,हाङ्देवा,फावाखोला र फुरुम्बुमा रहेका स्वास्थ्य केन्द्रबाट र ३० गते सबै पालिकाका अन्र्तगतका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट खोप लगाइने छ। जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ताप्लेजुङमा १४ हजार २ सय ४ पहिलो कोभिडशिल्डको पहिलो मात्रा लगाएका छन्।  

पहिलो र दोस्रो दुबै मात्रा लगाउनेको संख्या भने ९ सय ७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। चीनसंग सीमा जोडिएको पालिकाका बासिन्दालाइ समेत भेरोसिल खोप लगाउनुपर्ने भनिएपनि खोपको मात्रा अपुग भएकोले तत्कालका लागि सबै बासिन्दालाइ भने नपुग्ने भएको छ। निमित्त स्वास्थ्य प्रमुख पोखरेलका अनुसार यहाँको फक्ताङ्लुङ गाउँपालिकाका १ हजार २ सय ६४ जनाले कोभिडशिल्ड लगाएका छन्।  

सो खोप लगाउन लक्षित गरिएका ८ हजार ६० जना मध्ये अब ६ हजार ७ सय ९६ जनालाइ खोप लगाउनुपर्ने हुन्छ । सो मात्रा अपुग भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा थप खोपको मात्रा माग गर्ने निर्णय समेत गरिसकेको छ। 

प्रकाशित: २६ जेष्ठ २०७८ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App