coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जेठ २७ र २८ गते खोटाङका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप

खोटाङका ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप दिने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा वसेको बैठकले जेठ २७ र २८ गते जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समुहका सबै ज्येष्ठ नागरिकलाई चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोसेल खोपको पहिलो डोज दिने निर्णय गरेको हो।  

६२ देखि ६४ वर्ष उमेर समुहका सँगै यसअघिको खोप अभियानमा पहिलो डोज लगाउन छुटेका ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई पनि खोप दिने निर्णय भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए। ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा पहिलो डोज लगाउन छुटेका ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म जिल्लाका ११ हजार ३६० जनालाई पहिलो मात्राको खोप र १ हजार ७१२ जनाले दोश्रो खोपको मात्रा लगाइसकेका छन्।  

बैठकमा जिल्ला समन्वय खोटाङका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय अधिकारी कल्पना श्रेष्ठ, गोरखनाथ गण मुढे व्यारेकका गणपति नरोत्तम पौडेल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक सरोज कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमरप्रसाद गजमेर, जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिक, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो।  

प्रकाशित: २६ जेष्ठ २०७८ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App