५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

ताप्लेजुङमा बुधवारबाट कोरोना बिरुद्धको खोप सुरु

ताप्लेजुुङमा बुधबारबाट कोभिड–१९बिरुद्ध प्रयोग हुने खोप लगाइने भेरोसिल खोप लगाइने भएको छ।

मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।

यस्तो खोप यसअघि कोभिड–१९ बिरुद्धको खोप लगाउन छुट भएका सफाई कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अन्य अग्रभागमा खटिने जनशक्ति समेतलाई छुट भएको भए भेरोसिल खोप लगाइने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

बैठकले उपत्यकाभित्र भेरोसिल खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई समेत खोपकार्डको अनुगमन गरी दोस्रो डोज उपलब्ध गराउने समेत निर्णय गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७८ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App