८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अस्पताल प्रमुख विरुद्ध गोरखा अस्पतालका कर्मचारी आन्दोलित

गोरखा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शान्ति भुर्तेलले दुव्र्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । अस्पताल व्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आईतवार ज्ञापनपत्र बुझाउँदै असन्तुष्ट कर्मचारीले अस्पताल प्रमुखलाई कारवाहीको माग गरेका छन् ।  

अस्पताल प्रमुखले नर्सिङ कर्मचारीलाई जागिर खाईदिन्छु भन्दै दुव्र्यवहार गरेको, कर्मचारीसँग कुनै छलफल कुराकानी हुने नगरेको, मनपरी निर्णय गर्ने गरेको जस्ता आरोप ती कर्मचारीको छ । अस्पताल विकास समिति कर्मचारी युनियन ईकाई समिति अध्यक्ष चिजकुमार श्रेष्ठले बिज्ञप्ती जारी गर्दै अस्पताल प्रमुखले कर्मचारी प्रति गर्ने ब्यवहार राम्रो नभएको उल्लेख गरेका छन् ।  

यता अस्पतालले भने झुटा आरोप लगाएर बद्नाम गर्न खोजिएको भन्दै दुःख ब्यक्त गरेको छ । मेसु भुर्तेलले आफुले कोही पनि कर्मचारीलाई दुव्र्यवहार नगरेको, नियमित बिरामीको उपचार र सेवामा खटिरहँदा अनावश्यक लान्छना लगाइएको बताईन । ‘टिममा काम गर्न नचाहनेले राम्रो गर्न खोज्दा आरोप लगाए,’ उनले भनिन् ‘अस्पताल भित्रको बेथिति रोक्न खोज्दै थिएँ, सुधार हुँदै थियो, छानबिन गरेर राम्रो गर्न खोज्दा आरोप लगाईयो, छानबिन गर्दा हुन्छ ।’  

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले अस्पतालले आन्तरिक समस्याको हल भित्रैबाट गर्नुपर्ने बताए । ब्यवस्थापन समिति र अस्पताल प्रशासनलाई समस्याको समाधान तत्काल गर्न र कोभिड– १९ को महामारीको समयमा बिरामीको उपचारमा ध्यान दिन अनुरोध गरेका छन् । 

प्रकाशित: २३ जेष्ठ २०७८ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App